देवानगञ्ज तनाव : संवादबाट समाधान खोज्दै प्रशासन, कर्फ्यू यथावत्

  • बुधबार १३ साउन २०८३ ०४:४२ AM
सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव साम्य पार्न जिल्ला प्रशासन कार्यालयले वार्ता र संवादलाई केन्द्रमा राखेर पहल अघि बढाएको छ। प्रभावित क्षेत्रमा शान्ति र सामाजिक सद्भाव पुनः स्थापित गर्न दुवै समुदायका प्रतिनिधिसँग छलफलको प्रक्रिया सुरु गरिएको प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार दुवै पक्षका अगुवा, जनप्रतिनिधि तथा धार्मिक नेतासँग चरणबद्ध