काँग्रेसले भन्यो–सरकार स्ट्याटसमा मात्रै सिमित भयो

  • बुधबार १३ साउन २०८३ ०५:०३ AM
काठमाडाैं । सुनसरीमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा आयोजित सर्वदलीय बैठकमा नेपाली काँग्रेसले सरकारको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेको छ । बुधवार सम्पन्न बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संवेदनशील विषयमा सरकार गैर जिम्मेवार देखिएको आरोप लगाएका हुन् । नेता आङदेम्बेले सुनसरीको घटनालाई लिएर सरकारले देखाएको उदासीनता र बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्रीको