कप्तानगञ्ज गोलीकाण्डको स्वतन्त्र छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग

  • बुधबार १३ साउन २०८३ ०४:४० AM
नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै पार्टीले घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताउँदै मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न माग गरेको