ठूलो परिमाणको लागुऔषधसहित काठमाडौंबाट तीनजना पक्राउ

  • बुधबार १३ साउन २०८३ ०३:२६ AM
काठमाडौं । ठूलो परिमाणको लागुऔषधसहित काठमाडौंबाट तीनजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१४  गाङखेलबाट मंगलबार सशस्त्र प्रहरीले ठूलो परिमाणको लागुऔषध तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा जिल्ला कलैया–५ का २१ वर्षीय नौसाद अन्सारी र ओखलढुंगाको मानेभञ्ज्याङ–५ का २४ वर्षीय दीपक राई छन् । उनीहरूले भारतबाट अवैध रूपमा नेपाल ल्याई लागुऔषध बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स व्यूरोको विशेष टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूको साथबाट डामाडोल नामक लागुऔषध  एक लाख २० हजार क्याप्सुल, टाटा कम्पनीको बीएसी  ७०१७ नम्बर ... The post ठूलो परिमाणको लागुऔषधसहित काठमाडौंबाट तीनजना पक्राउ appeared first on Kalika Khabar.