चिकित्सक संघद्वारा आज पनि आकस्मिकबाहेकका सबै सेवा बन्द

  • बुधबार १३ साउन २०८३ ०३:२९ AM
काठमाडौं । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडका दोषीमाथि कारबाही गर्न सरकार उदासीन बनेको भन्दै आज पनि देशभरका सबै अस्पतालमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने जनाएको छ । संघले यसअघि हिजो मंगलबार पनि देशभरका सबै अस्पतालमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेको थियो । संघले घटना भएको चार दिन बितिसक्दा पनि दोषीविरुद्ध कानुनबमोजिम मुद्दा दर्ता गरी कारबाही नगरेको, पीडित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि नै अन्याय गरिएको तथा वार्तामा गएका चिकित्सकमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले दुर्व्यवहार गरेको आरोप ... The post चिकित्सक संघद्वारा आज पनि आकस्मिकबाहेकका सबै सेवा बन्द appeared first on Kalika Khabar.