दमकमा पानीमा घोप्टो परेको अवस्थामा पुरुषको शव फेला
बुधबार १३ साउन २०८३ ०३:३२ AM
झापा : झापाको दमकमा एक पुरुषको शव फेला परेको छ। दमक नगरपालिका–स्थित शान्तिमार्गमा रहेको नेकपा (एमाले) पार्टी कार्यालय नजिकै पानीमा घोप्टो परेको अवस्थामा पुरुषको शव फेला परेको हो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।