जनकपुरधाम । साइबर अपराध र अनलाइन ठगीबाट जोगिन धनुषाका दलित तथा सीमान्तकृत महिलालाई ‘साइवर’ सचेतनासम्बन्धी तालिम दिइएको छ । दलित महिला सङ्घले जनकपुरधाममा धनुषाका ३० दलित तथा सीमान्तकृत महिलालाई डिजिटल प्रविधिको सुरक्षित प्रयोगबारे डिजिटल साक्षरता तथा साइवर अपराधसम्बन्धी तालिम दिएको हो । तालिममा सहभागी महिलाहरूले फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, वाट्सएपलगायत सामाजिक सञ्जालमार्फत हुने फेक आइडी, ह्याकिङ,