काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट मङ्गलबार सशस्त्र प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरूमा भारत घर बताउने २६ वर्षीय राकेशकुमार साह, बारा जिल्ला कलैया–५ का २१ वर्षीय नौसाद अन्सारी र ओखलढुङ्गाको मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुर महालक्ष्मी थान–६ बस्ने २४ वर्षीय दीपक राई छन् । उनीहरूले भारतबाट अवैध रूपले नेपाल