चितवन । नेपालमा बर्डफ्लु रोग नियन्त्रणमा आएपछि पोल्ट्रीजन्य उत्पादनको मूल्य क्रमशः बढ्न थालेको छ । अण्डा, कुखुराको मासु र चल्लाको मूल्य पुनः पुरानै अवस्थामा फर्किन थालेको हो । नेपाल लेयर्स कुखुरापालक संघले बुधबारदेखि अण्डाको समर्थन मूल्य वृद्धि गरेको छ । फार्मको उत्पादन लागत र बजार अवस्थालाई आधार बनाएर मूल्य बढाइएको संघले जनाएको छ । संघका