काठमाडौं । सुनसरीका विभिन्न क्षेत्रमा लगाइएको कर्फ्यु अझै जारी रहेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गर्दै अर्को आदेश नआएसम्म कर्फ्यु कायम रहने जनाएको छ । कर्फ्यु इटहरी उपमहानगरपालिकाका वडा नं.१६ र १७, रामधुनी नगरपालिकाका वडा नं. १ र ५, इनरुवा नगरपालिका, दुहबी नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकाका सबै क्षेत्रमा लगाइएको छ ।