काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा विकसित पछिल्लो घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका छन् । बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा आफ्नो धारणा राख्दै दाहालले संवेदनशील अवस्थामा सबै पक्षले संयमता अपनाउनुपर्ने र सामाजिक सद्भाव तथा आपसी विश्वास कायम राख्नुपर्ने बताए । उनले विगतमा भूकम्प, बाढी–पहिरो तथा संविधान निर्माणका कठिन समयमा राजनीतिक