कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले देशभरका १२ वटा संघीय कृषि बजारमा कारोबार हुने कृषि उपजको दैनिक थोक मूल्य अब मोबाइल एपमार्फत उपलब्ध गराउन थालेको छ । विभागले मंगलबार एक सूचना जारी गर्दै ‘एएमपिआइएस नेपाल नामक मोबाइल एप सञ्चालनमा ल्याइएको जानकारी दिएको हो । एपमार्फत किसान, व्यापारी तथा सरोकारवालाले कृषि उपजको दैनिक थोक मूल्य,