सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा भएको घटनापछि बुधबार सर्वदलीय तथा सर्वपक्षीय बैठक बस्ने भएको छ। प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले जिल्लाका राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, धार्मिक अगुवा, नागरिक समाज, सुरक्षा निकाय तथा सरोकारवाला पक्षलाई छलफलमा सहभागी हुन आमन्त्रण गरिएको जानकारी दिए। बैठकमा घटनापछि विकसित सुरक्षा अवस्था, आन्दोलन, शान्ति–सुरक्षा व्यवस्थापन तथा समुदायबीचको सद्भाव पुनःस्थापनाबारे विस्तृत छलफल हुने जनाइएको छ।अर्यालले संवाद