काठमाण्डु – नेपाल चिकित्सक सङ्घले बुधबार पनि देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्दको घोषणा गरेको छ । नारायणी अस्पताल वीरगञ्जमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीमाथि गएको ९ गते भएको आक्रमण अनि अस्पतालमा तोडफोडको विषयलाई लिएर सङ्घले यसअघि हिजो पनि आकस्मिकबाहेकका सेवा बन्द गरेको थियो । सङ्घले दोषीलाई कानुनी कारबाही गर्न सरकारले उदासीनता देखाएको भन्दै असन्तुष्टि जनाएको