काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठसँग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तनाका आकिहिकोले शिष्टाचार भेटवार्ता गरेका छन् । मङ्गलबार मन्त्रालयमा भएको भेटमा नेपालको ऊर्जा, जलस्रोत र सिँचाइ पूर्वाधार विकासमा द्विपक्षीय सहयोगबारे चर्चा भएको थियो । मन्त्री श्रेष्ठले अहिलेसम्म नेपालको ऊर्जा तथा सिँचाइ क्षेत्रमा गरेको सहयोग तथा लगानीका लागि जाइकाका प्रतिनिधिलाई धन्यवाद दिएका