बर्डफ्लु नियन्त्रण भएसँगै ‘अण्डा’ र मासुको मूल्य बढ्यो

  • बुधबार १३ साउन २०८३ ०२:४७ AM
चितवन । पन्छीमा देखिएको बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै पोल्ट्रीजन्य उत्पादनको मूल्य बढ्न थालेको छ । अण्डा, मासु र चल्लाको मूल्य पूर्ववत् अवस्थामा फर्किन सुरु गरेको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजबाट अण्डाको समर्थन मूल्य बढाएको छ । फार्महरूको दररेटलाई आधार मानेर मूल्य बढाइएको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यमा प्रतिक्रेट रु