काठमाडौं । एनएमबी बैंकले ९ मेगावाट क्षमताको खिम्ती–घ्वाङ् साना जलविद्युत आयोजनाका लागि १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । वन्डर्स इनर्जी प्रालिले निर्माण गरिरहेको उक्त आयोजनाका लागि बैंक र प्रवर्द्धक कम्पनीबीच ऋण सम्झौता भएको हो । राजधानीमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा एनएमबी बैंकका सस्टेनेबल इनर्जी बैंकिङ विभाग प्रमुख दिनेश दुलाल र वन्डर्स