सुनसरी अझै अशान्त, संयम र सहिष्णुताका लागि आह्वान

  • बुधबार १३ साउन २०८३ ०८:०१ AM
सुनसरी : सुनसरीमा हिन्दु र मुस्लिम समुदायबीच सुरु भएको तनाव मंगलबार झनै उग्र बन्दै गएपछि जिल्लाको शान्तिसुरक्षा संवेदनशील बनेको छ। देवानगन्ज गाउँपालिका–३ को कप्तानगन्जमा भएको घटनापछि सुरु भएको आन्दोलन अहिले जिल्लाका विभिन्न पालिकामा फैलिएको छ।दुई समूहको आन्दोलनका कारण इटहरीको पकलीदेखि कोशी ब्यारेजसम्म पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ भने सदरमुकाम इनरुवा पूर्णरूपमा बन्द भएको छ। यातायात ठप्प हुँदा सयौं यात्रु अलपत्र परेका छन् भने व्यापार–व्यवसाय, शिक्षा, स्वास