वीरेन्द्रनगर : कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा संसदीय दलको नेता मंगलबहादुर शाही नियुक्त भएका छन्। मुगु जिल्लाबाट प्रदेशसभामा निर्वाचित सांसद शाही कर्णाली प्रदेशको पाँचौं मुख्यमन्त्री भएका हुन्। नेकपाकै अग्रसरतामा नेपाली कांग्रेससँग मिलेर तत्कालीन नेकपा एमालेबाट बनेका मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। उही अविश्वास गरेको दल नेकपा एमालेको समर्थनमा नेकपाका नेता शाही कर्णाली प्रदेशको पाँचौं मुख्यमन्त्री नियुक्त भएका हुन्।&