सुरुङ मार्गको उज्यालो

  • बुधबार १३ साउन २०८३ ०७:०१ AM
दक्षिण एसियामै पहिलोपटक सुरुङ मार्ग नेपालमै बनेको थियो, त्यो पनि राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा । मकवानपुरको चुरियामाईमा करिब ६ सय मिटर लामो सुरुङ मार्ग बनेको सवा सय वर्षपछि मात्र नेपालले आधुनिक प्रविधिको मोटरेबल सुरुङ मार्ग पाएको छ । देशको राजधानी काठमाडौंलाई जोड्ने पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा सुरुङ मार्गको निर्माण पूरा भएसँगै मुलुकको यातायात क्षेत्रले एउटा महत्त्वपूर्ण घुम्ती पार गरेको छ । यससँगै सिंगो मुलुकले सुरुङ युगको उज्यालोमा प्रवेश गरेको अनुभूति गरेको छ ।घण्टौंको जाम, उकाल