काठमाण्डु – सशस्त्र प्रहरी बल (एपीएफ) नेपाल इन्टेलिजेन्स ब्युरोले काठमाण्डु उपत्यकामा लागूऔषध ट्रामाडोलको अवैध कारोबारमा संलग्न गिरोहमाथि कारबाही गर्दै ठूलो परिमाणमा लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । डीआईजी दिपेन्द्र शाहको नेतृत्वमा सञ्चालन गरिएको विशेष अपरेसनअन्तर्गत भारतबाट नेपालका विभिन्न सीमावर्ती क्षेत्र हुँदै काठमाण्डुमा ठूलो परिमाणमा ट्रामाडोल भित्र्याउने ‘केजीएफ–२’ गिरोह सक्रिय रहेको विशेष सूचनाका आधारमा ब्युरोले