रविले बोलाए सर्वदलीय बैठक

  • मङगलबार १२ साउन २०८३ ०४:२५ PM
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वदलीय बैठक बोलाएको छ । सुनसरी घटनालाई लिएर रास्वपा सभापति रवि लामिछानेले संसदमा प्रतिनिधित्व गर्ने सबै दलसहित संसद भन्दा बाहिरका दललाई समेत छलफलका लागि बोलाएका हुन् । लामिछानेले संसदमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा, श्रम संस्कृति पार्टीसहित अन्य दलहरुलाई समेत बोलाएका हुन्