काठमाडौं : सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका-२, कसनागाछीमा भएको घटनापछि सामाजिक सद्भाव र शान्ति कायम राख्न आग्रह गर्दै भ्रामक सूचना तथा उत्तेजनात्मक गतिविधिबाट प्रभावित नहुन अपील गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सरकारले घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत मिलाइएको जनाएको छ। घटनाको सत्यतथ्य छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन आव