सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिङ सडकमा राति सवारी आवागमन बन्द

  • मङगलबार १२ साउन २०८३ ०२:२१ PM
चितवन – मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार रातिदेखि सवारी आवागमन अस्थायी रूपमा बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार मुग्लिन बजार नजिक नारायणगढतर्फ सुख्खा पहिरो खस्ने क्रम निरन्तर रहेकाले सम्भावित मानवीय जोखिमलाई मध्यनजर गर्दै मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ५