भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ । सोमबार आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य जगदीश खरेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । उनीहरूले उद्घाटन पट्टिका अनावरण गर्नुका साथै परम्परागत धार्मिक तथा सांस्कृतिक विधिमा सहभागिता