भारतीय अनुदानको एक थान एम्बुलेन्स निजी रूपमा चलाएको आरोपमा पूर्व वडाध्यक्षविरुद्ध मुद्दा

  • मङगलबार १२ साउन २०८३ ०१:१८ PM
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका–५ का तत्कालीन वडाध्यक्ष विजयकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भारतीय दूतावासबाट निःशुल्क प्राप्त एक थान एम्बुलेन्स वडा कार्यालयमा आम्दानी नबाँधी निजी सरह सञ्चालन गरी सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार यादवले २०७७ असोज १४ गते