काठमाडौं । विभिन्न राजनीतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको समस्यालाई वार्ता, संवाद र सहमतिमार्फत समाधान खोज्न अपिल गरेको छ । वीरगन्जस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आज बसेको सर्वदलीय बैठकले आन्दोलन र प्रदर्शनभन्दा पनि सम्बन्धित पक्षबीच समन्वय र सहमतिका आधारमा समाधान खोज्न आग्रह गरेका हुन् । नारायणी अस्पतालका ७१ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्