डाक्टरहरुको हड्ताल संवादमार्फत समाधान गर्न पर्साका राजनीतिक दलहरूको अपिल

  • मङगलबार १२ साउन २०८३ ०८:०१ PM
वीरगन्ज : पर्सामा सक्रिय प्रमुख राजनीतिक दलहरूले वीरगन्जको नारायणी अस्पतालमा भएको तोडफोड र चिकित्सक कुटपिट घटनापछि उत्पन्न विवाद संवाद  र सहमतिमार्फत समाधान गर्न अपिल गरेका छन्। मंगलबार वीरगन्जस्थित नेपाली कांग्रेस पर्साको पार्टी कार्यालयमा बसेको सर्वदलीय बैठकले तीन दिनदेखि वीरगन्जका अस्पतालहरूमा डाक्टरहरुको हड्तालका कारण बिरामीको उपचार सेवा नै प्रभावित भएको प्रति चिन्ता व्यक्त गर्दै संवाद र सहमतिमार्फत समस्याको समाधान खोज्न आन्दोलनरत चिकित्सक, नेपाल चिकित्सक संघ, नारायणी अस्पताल प्रशा