स्वास्थ्यमन्त्रीले भेटिन् गोलीकाण्डका घाइते

  • मङगलबार १२ साउन २०८३ ०८:०१ PM
विराटनगर : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डमा घाइते भएकाहरूलाई भेटेकी छन्। उनले घाइतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरिन्। आइतबार राति भएको हिंसात्मक घटनामा गोली लागेर घाइते भएका नौ जनामध्ये चार जनाको विराटनगरको न्युरो अस्पताल, चार जनाको विराट नर्सिङ होम र एक जनाको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। मंगलबार विराटनगर पुगेर मन्त्री मेहताले तीनवटै अस्पतालमा उपचाररत घाइतेको स्वास्थ्य अवस्था