प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

  • मङगलबार १२ साउन २०८३ ०१:२३ PM
लोक सेवा आयोगले नेपाल प्रहरीअन्तर्गत प्रहरी निरीक्षक पदका लागि सञ्चालन गरिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले सूचना जारी गर्दै नेपाल प्रहरी, जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदको लिखित परीक्षामा सहभागी उम्मेदवारमध्ये वर्णानुक्रमअनुसार छनोट भएका उम्मेदवारलाई अन्तर्वार्ता तथा अन्य प्रक्रियाका लागि योग्य ठहर गरिएको जनाएको हो।