सातै प्रदेशमा एआई, कोडिङ बुटक्याम्प, ह्याकाथन र स्टार्टअप इन्कुबेसन कार्यक्रम सञ्चालन गरिने काठमाडौं । नेपालभर कृत्रिम बौद्धिकता (एआई) तथा भविष्यका प्रविधि सीप विस्तार गर्ने उद्देश्यसहित कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धित महर्षि कलेजबीच पाँच वर्षे रणनीतिक समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। सम्झौताअनुसार एआई, कोडिङ, डिजिटल नवप्रवर्तन तथा उद्यमशीलतासम्बन्धी कार्यक्रम सातै प्रदेशका युवामाझ विस्तार गरिनेछ। यस सहकार्यले अत्याधुनिक प्रविधि शिक्षालाई काठमाडौं केन्द्रित अवस्थाबाट देशव्यापी बनाउने र विद्यार्थीलाई प्रविधिको उपभोक्ताबाट डिजिटल नवप्रवर्तकका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाइएको छ। कार्यक्रमअन्तर्गत आधारभूतदेखि उन्नत तहसम्मका कोडिङ बुटक्याम्प, ह्याकाथन तथा इनोभेसन च्यालेन्ज, स्टार्टअप इन्कुबेसन ... The post नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँच वर्षे रणनीतिक साझेदारी appeared first on Kalika Khabar.