हिमालयन लाइफको निमित्त सीईओमा दिनेशबहादुर अमात्य नियुक्त

  • मङगलबार १२ साउन २०८३ ०१:१६ PM
३२ वर्षको बीमा अनुभव बोकेका अमात्य डेपुटी सीईओका रूपमा कम्पनीमा प्रवेश, नेतृत्व सम्हाल्ने जिम्मेवारी काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेशबहादुर अमात्य नियुक्त भएका छन्। यसअघि आइएमई लाइफ इन्स्योरेन्सका डेपुटी सीईओ रहेका अमात्य सोमबारदेखि हिमालयन लाइफमा डेपुटी सीईओका रूपमा आबद्ध भएका हुन्। कम्पनीले उनलाई निमित्त सीईओको जिम्मेवारीसमेत दिएको जनाएको छ। हिमालयन लाइफका तत्कालीन सीईओ कपिल दाहालको राजीनामापछि कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त रहेको थियो। सोही रिक्तताबीच कम्पनीको नेतृत्व सम्हाल्ने जिम्मेवारी अमात्यलाई दिइएको हो। बीमा क्षेत्रमा करिब ३२ वर्षको अनुभव रहेका अमात्यले आइएमई लाइफ इन्स्योरेन्समा डेपुटी सीईओका रूपमा ... The post हिमालयन लाइफको निमित्त सीईओमा दिनेशबहादुर अमात्य नियुक्त appeared first on Kalika Khabar.