पहिरोपछि पालिकाको राहत घोषणा, पीडित परिवारलाई तीन लाख

  • मङगलबार १२ साउन २०८३ ०७:०१ PM
दोलखा : गौरीशंकर गाउँपालिकाले बाढीपहिरो पीडितलाई राहत प्याकेज घोषणा गरेको छ। गत साउन ६ गते परेको अविरल वर्षासँगै गएको पहिरो र खारे खोलामा आएको बाढीले गाउँपालिकाका विभिन्न बस्तीमा ठूलो क्षति पुर्‍याएपछि प्रभावित परिवारका लागि राहत प्याकेज घोषणा गरेको हो।गाउँपालिकाले पहिरो तथा कटानबाट प्रभावित परिवारलाई जस्तापाता लगायतका निर्माण सामग्रीसहित करिब ३ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको हो।वडा नं.८ को खारे क्षेत्रमा खारे खोलाले बस्ती नजिकै तीव्र कटान गर्दै घरहरूको जग नै तान्न