प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो, भारतको विदेश मन्त्रालयले के भन्यो?

  • मङगलबार १२ साउन २०८३ ०७:०१ PM
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारत भ्रमणको औपचारिक निम्तो आएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री शाहलाई औपचारिकरूपमा निम्तो पठाइएको बताए।नयाँ दिल्लीमा आयोजित नियमित प्रेस ब्रिफिङमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, 'हो, नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो पठाइएको छ।'प्रधानमन्त्री शाहलाई भारत भ्रमण निम्तो पठाइए पनि जाने मिति भने तय भइसकेको छैन। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले पनि भ्रमणको मितिबारे केही बताएनन