कर्णालीको मुख्यमन्त्रीमा एमालेको समर्थनमा नेकपाका शाहीले गरे दावी पेस

  • मङगलबार १२ साउन २०८३ १२:४४ PM
केन्द्रमा भएको नेकपा र नेकपा एमालेबीचको सहमति अनुसार कर्णाली प्रदेश सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन् । प्रदेशसभाका २४ जना सांसदको हस्ताक्षरसहित नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलको समर्थनमा नेकपाका संसदीय दलका नेता शाहीले कर्णाली प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्