पाँच सय सात परिवारलाई धुवाँरहित चुलो

  • मङगलबार १२ साउन २०८३ ०६:०१ PM
चितवन । राप्ती नगरपालिकाका ५०७ परिवारलाई धुवाँरहित चुलो वितरण गरिएको छ । स्थानीय सरकारसँग सहकार्य गरी सपना भिलेज सोसियल इम्प्याक्टले सो सङ्ख्यामा धुवाँरहित चुलो वितरण गरेको इम्प्याक्टका अध्यक्ष धुर्व गिरीले जानकारी दिए । नगरपालिकासँगको सहकार्यमा ४०५ वटा र समुदायसँगको सहकार्यमा १०२ वटा चुलो वितरण गरिएको गिरीले बताए । विगत दुई वर्षदेखि सपना भिलेजले धुवाँरहित चुलो वितरण गर्दै स्वच्छ खाना पकाउने अभ्यासलाई प्रोत्साहन, दाउराको प्रयोगमा कमी तथा कार्बन उत्सर्जन घटाउने अभियान सञ्चालन गर्दै आएको छ । धुवाँरहित चुलोले स्वस्थ परिवार, हराभरा वन, स्वच्छ वातावरण र दिगो भविष्य निर्माणमा योगदान गर्ने अध्यक्ष गिरीले बताए । सपना भिलेजले यसअघि इच्छाकामना गाउँपालिका, कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा चुलो वितरण गरिसकेको छ ।