सुर्खेतमा जिप दुर्घटना हुँदा १५ जना घाइते

  • मङगलबार १२ साउन २०८३ ११:२७ AM
सुर्खेत । सुर्खेतको लेकबेशी नगरपालिका–५ र ६ को सिमानास्थित हलकन्डरा क्षेत्रमा यात्रुवाहक जिप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । डाँडागाउँबाट दशरथपुरतर्फ आउँदै गरेको भे १ ज ५४० नम्बरको मुस्ताङ जिप उकालोमा आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका आठ जनाको माया नर्सिङ होम सुर्खेत र पाँच जनाको स्थानीय मेडिकल दशरथपुरमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । The post सुर्खेतमा जिप दुर्घटना हुँदा १५ जना घाइते appeared first on Kalika Khabar.