काठमाडौं : नेपालको विद्युतीय दुईपांग्रे सवारीसाधन बजारमा नयाँ प्रिमियम स्कुटर थपिने भएको छ। विशाल इन्टरप्राइजेज नेपालले भारतको चर्चित विद्युतीय स्कुटर रिभर इन्डी आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो मार्फत नेपाली बजारमा सार्वजनिक गर्ने भएको हो।औपचारिक सार्वजनिक हुनुअघि रिभर इन्डी काठमाडौंका विभिन्न सडकमा परीक्षणका क्रममा देखिएको थियो। विशेषगरी ह्वाइट गुम्बा क्षेत्रको उकालो सडकमा गरिएको परीक्षणले स्कुटरलाई नेपाली सडक तथा भौगोलिक अवस्थाअनुसार मूल्यांकन गरिएको संकेत दिएको छ।नेपालमा पछिल्ला वर्षहरूमा