प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

  • मङगलबार १२ साउन २०८३ ११:२८ AM
काठमाण्डु – भारत सरकारले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई भारत भ्रमणको निम्तो पठाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो पठाइएको जानकारी दिएका छन् । बालेन प्रधानमन्त्री बनेयता विदेश भ्रमणमा गएका छैनन् । भारतको निम्तो स्वीकार गरेमा उनको पहिलो विदेश भ्रमण भारतबाट हुनेछ ।