विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा सञ्चालन हुने रेष्टुराँ एवं क्लबहरूमा प्रयोग हुँदै आएको ‘डिजे’ निषेध गरेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले आज एक विज्ञप्ति जारी गर्दै जिल्लाभित्र कुनै पनि मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायत कार्यक्रमम अर्को सूचना जारी नभएसम्म ‘डिजे’ प्रयोग गर्न निषेध गरिएको जनाएका छन् । यो सूचना विपरीत कसैले ‘डिजे’ प्रयोग गरे वा गराएको पाइएमा कानुन बमोजिम कारबाही हुने कुरा विज्ञप्तिमा जनाएको छ ।