काठमाण्डु – कप्तानगञ्ज घटनापछि उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले थप क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । पूर्वपश्चिम राजमार्ग आसपासका क्षेत्र तथा इनरूवा बजारमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रदर्शनका कारण स्थिति थप जटिल बन्दै गएपछि प्रशासनले मंगलबार दिउँसो ३:३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरेको