काठमाडौँ : पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १४३ जना घाइते भएका छन् । मंगलबार दिउँसो नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा धनकुटा, बारा, ललितपुर, काठमाडौँ, पाल्पा र अछाममा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर–करिडोर सडकखण्डमा विराटनगरबाट ताप्लेजुङतर्फ हाइड्रोपावरको सामान बोकेर जाँदै गरेको प्र १–०२–००१ क ५३६३ नम्बरको लोबेट (ट्रक)को ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएको थियो। दुर्घटनापश्चात् अचानक आगलागी हुँदा भोजपुर घर भएका ३० वर्षीय चालक विशाल राईको जलेर मृत्यु ... The post सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १४३ जना घाइते appeared first on Kalika Khabar.