काठमाडौं : सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा एकजना पूर्ववडाध्यक्षविरुद्ध मुद्दा दायर भएको छ। धनुषाको विदेह नगरपालिका-५ का पूर्ववडाध्यक्ष विजय कुमार यादवविरुद्ध मुद्दा दायर भएको हो।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडा कार्यालयमा दर्ता नगरी एम्बुलेन्स सञ्चालन गरी सरकारी कोषमा दाखिला गर्नुपर्ने रकम हिनामिना गरेको आरोपमा उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।आयोगका अनुसार यादवले भारतीय राजदूतावाससँग २०७७ असोज १४ गते सम्झौताअनुसार वडाबासीलाई सेवा दिन नि