काठमाडौं : सुक्खा पहिरो गएपछि मुग्लिन नारायणगढ सडक दुईतर्फी अवरुद्ध भएको छ। मुग्लिन-नारायणगढ सडक खण्डको खहरे खोला मुग्लिन नजिकै सुक्खा पहिरो जाँदा आवागमन पुन: दुईतर्फी अवरुद्ध भएको हो। सडक डिभिजन भरतपुरका अनुसार थप पहिरो नझरे पहिरो हटाउन करिब २/३ घण्टा लाग्ने अनुमान छ।