सेयर बजारमा छैन उत्साह, नेप्से र कारोबार रकम दुवै घट्यो

  • मङगलबार १२ साउन २०८३ ०४:०१ PM
काठमाडौं : साताको सेयर कारोबारको दोस्रो दिन मंगलबार नेप्से परिसूचकमा गिरावट आएको छ। यसदिन नेप्से परिसूचक ४.६४ अंकले घटेर २६९६.६७ विन्दुमा झरेको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा अडिएको थियो।यसदिन नेप्से घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ। सोमबार ६ अर्ब ८ करोड बढीको कारोबार भएकोमा यसदिन ४ अर्ब ४२ करोड बराबरको कारोबार भयो।३४२ वटा स्क्रिप्सको १ करोड ४२ लाख १ हजार  ८६३ कित्ता सेयर ४ अर्ब ४२ करोड ७३ लाख  ५हजार ५४२ रुपैयाँमा खरिदबिक्री भए।&n