काठमाण्डु– विपक्षी दलहरुले सत्तारुढ (रास्वपा) सांसदका अमर्यादित व्यवहार सच्याउन हस्तक्षेपकारी भूमिका खेल्न सभामुख डोलप्रसाद (डिपी) अर्यालको ध्यानकर्षण गराएका छन् । मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुखले विपक्षी दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएका थिए । विपक्षीले सत्तापक्षका सांसदका गतिविधिका कारण संसद् मर्यादित हुन नसकेको आरोप लगाए । अर्यालले संसदलाई मर्यादित बनाउन आग्रह गरेपछि विपक्षीले प्रतिवाद गरेका हुन्