काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले निर्वाचन आयोगलाई आधुनिकीकरण गर्दै प्रविधिमैत्री र विश्वसनीय बनाउनुपर्नेमा जोड दिएका छन् । मंगलवार संसदीय सुनुवाइ समितिमा प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको सुनुवाइका क्रममा सांसद पुनले यस्तो बताएका हुन् । सांसद पुनले प्रस्तावित आयुक्त सुब्बाको २५ वर्षको कार्यअनुभव, सूचना प्रविधि (आईटी) क्षेत्रको विज्ञता र संयुक्त राष्ट्रसंघीय मिसनमा