त्रिविको प्रश्नपत्र लिक प्रकरणमा थप दुईजना पक्राउ

  • मङगलबार १२ साउन २०८३ ०८:४६ AM
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा अगावै प्रश्नपत्र लिक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रौतहटको राजदेवी नगरपालिका वडा नं. ४ घर भएका २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल वडा नं. १ घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका-२१ बस्ने ३१ वर्षीय अब्दुल सानि हाकिम रहेका छन्। सीआईबीका अनुसार मिश्रलाई आइतबार काठमाडौं ताहाचलबाट र हाकिमलाई सोमबार वीरगञ्जबाट पक्राउ गरिएको हो। गत शुक्रबार सञ्चालन भएको त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय तर्फको एमबीएस प्रथम सेमेष्टरको संगठनात्मक व्यबहार विषयको परीक्षाको प्रश्नपत्र विभिन्न ह्वाट्सएप समूहहरुमा ... The post त्रिविको प्रश्नपत्र लिक प्रकरणमा थप दुईजना पक्राउ appeared first on Kalika Khabar.