काठमाडौं : मिलापत्रका नाममा थप पीडा दिन खोजिएको भन्दै सहकारी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । ठूला बचतकर्तालाई सहकारीसँग मिल्नका लागि बिभिन्न निकायबाट दवाव आएको र यसका कारण आफूहरु थप पीडामा परेको भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।साना बचतकर्ता र ठूला बचतकर्तालाई सम्मानजनक र समान व्यहार हुनुपर्ने उनीहरुको माग छ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भएको प्रदर्शनका सहभागीहरुले छिटो भन्दा छिटो आफ्नो बचत फिर्ताका लागि पहल