धनगढी : नेपाल चिकित्सक संघले घोषणा गरेको देशव्यापी आन्दोलनको प्रभाव सुदूरपश्चिमको रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा पनि परेको छ । आन्दोलनका कारण मंगलबार अस्पतालको बहिरङ्ग (ओपीडी) सेवा पूर्ण रूपमा बन्द हुँदा दैनिक उपचारका लागि आउने करिब २ हजारसम्म बिरामी प्रभावित भएका छन्।अस्पतालमा नियमित रूपमा सञ्चालन हुँदै आएको ओपीडी सेवा बन्द भएपछि उपचारका लागि आएका बिरामीहरू मर्कामा परेका छन् । ओपीडीमा सेवा नपाएपछि अधिकांश बिरामी आपत्कालीन (इमर्जेन्सी) कक्षमा पुग्न बाध्य भएका छन